स्व. बेखा महर्जन
(संस्थापक, बेखाज पार्टी भेन्यु)

Bekha's Party Venue

Our History

ललितपुरको चाकुपाट निवासी श्री बेखा महर्जनज्यू काठमाडौंमा पहिलो क्याटरिङ् व्यवसाय सुरु गर्नेहरु मध्यका एक हुनुहुन्थ्यो । नेपालकै पहिलो होटल, होटल रोयल, बहादुर भवनमा वि.स. २०१० देखि २०१५ सालसम्म सहायक कुक र वि.स. २०१५ सालदेखि २०२५ सालसम्म हेड कुक भई वरिष्ठ रसियन सेफ बोरिस लिशनविचसँग काम गर्नुभयो । यसै गरी वि.स. २०२७ साल देखि वि.स. २०३४ सालसम्म होटल माउण्ट मकालु, धर्मपथ न्यूराडमा हेड कुकको रुपमा काम गर्नु भयो । त्यस पछि वि.स. २०३५ साल तिर लाजिम्पाट स्थित होटल लालिगुराँसमा किचेन चलाउनु भयो । उहाँ त्यस बेला आफूनो अनुभवको आधारमा होटलमा छुट्टी मिलाएर काठमाडौं उपत्यकाका ठूला घराना शाहुहरुको भोज भतेरमा घरमा गएर कुकको रुपमा काम गर्नुका साथै कुकिङ्ग गर्न पनि जानु हुन्थ्यो ।

वि.स. २०३८ साल तिर कान्तिपथ स्थित होटल प्याराडाइजमा किचेन चलाउनु भयो र त्यसै बेला ठूला घराना शाहुहरुले काठमाडौँ टेण्ट हाउसबाट टेण्ट, मेच तथा सहयोग समिति र मुन्चा हाउसबाट प्लेट, गिलास, चम्चा, भाडाकुड ल्याएर पार्टी चलाउने समयमा उहाँ घर टोलहरुमा गई कुकिङ् गेरर पार्टी चलाउनु हुन्थ्यो । यसै गरि बिस्तारै आफैले भेन्यू हाउस, काठमाडौँ टेण्ट हाउस र सहयोग समितिबाट सामान रेण्टमा लिएर हाफ क्याटरिङ चलाउनु भयो । यसरी अघोषित रुपमा क्याटरिङ सञ्चालन हुन थाल्यो । उहाँका तीन छोरा तुल्सी, मन्तु, राजु हुन् । वि.स. २०४० सालतिर जेठा छोरा तुल्सी महर्जनको सहयोगमा उहाँले नाम राखि आफ्नै लगानीमा क्याटरिङ व्यवसाय सुरु गर्नु भयो । त्यस हिसाबले बेखा क्याटरिङ् ललितपुर जिल्लाको पहिलो क्याटरिङ तथा काठमाडौंको दोस्रो क्याटरिङ हो ।

उहाँको क्याटरिङ यति चल्थ्यो कि सिजनमा हरेक दिन ३, ४ वटा क्याटरिङ हुन्थ्यो, त्यसैले उहाँका छोराहरुले समेत उहाँको व्यवसायमा साथ दिन थाल्नुभयो । यसै क्रममा वि.स. २०५१ सालमा उहाँका माइला छोरा मन्तु महर्जनले न्यूरोड स्थित जोसी सपिङ्ग सेन्टरमा पार्टी प्यालेस संचालन गर्नु भयो । यसै गरि उहाँका कान्छा छोरा राजु महर्जनले वि.स. २०५६ देखि २०६३ सालसम्म छेत्रपाटी पब्लिक पार्टी हाउस संचालन गर्नु भयो । त्यस पछि वि.स. २०६४ साल देखि हालसम्म ललितपुरको बागडोलमा बेखाज पार्टी भेन्यु चलाई रहनु भएको छ । यस पार्टी भेन्युका संरक्षक एवं संस्थापक श्री बेखा महर्जनज्यूको निधन वि.स. २०६४ सालमा भयो ।

About Us

Bekha's Party Venue

Located at Bagdole, Lalitpur ,Bekha's Party Venue is spacious which is suitable for every event from Buffet Party to Newari Bhoj, picnic, Seminar,Gosti. We serve various types of Cuisines including Vegetarian and Non –vegetarian. Our multifunctional facilities can accommodate small and large groups.

We have been in the catering and event planning industry since 2064 B.S, starting from our catering service in 2040 B.S, we have become a popular name for Party venues.

Raju Maharjan

Mr. Raju Maharjan
Managing Director

Bekha's Party Venue

Why Choose Us